आइतबार, भाद्र २८ गते २०८३
images

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि

एक्सप्रेस पाना
जेठ २५, २०८३ सोमबार
  • 143
    SHARES
  • हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि

    काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई पराजित गर्दै नेपाल विजयी भएको छ । 

    images

    सोमबार सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले पराजित गरेको हो । 

    वर्षाका कारण केही समय रोकिएको खेलमा डीएल विधिबाट निर्णय हुँदा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

    images

    १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो । नेपालमा लागी ओपनर कुशल भुर्तेलले ६५ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ रन जोडे । 

  • सम्बन्धित विषय:

  • # एसियन गेम्स क्रिकेट छनोट