काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि लिएर नेपाली टोली स्वदेश फिर्ता भएको छ ।
सिंगापुरमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले भव्य स्वागत गरेका हुन्। प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो।
यसअघि सेमिफाइनलमा नेपालले ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।


