काठमाडौं । आयोजक मेक्सिकोले विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका लाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिको सिटीमा बिहीबार राति भएको खेलमा मेक्सिकोका जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका हुन् । खेलमा तीनवटा रातो कार्ड समेत देखाइएका थिए।
मेक्सिकोले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले गोलकिकपछि बल नियन्त्रणमा गल्ती गर्दा किन्योनेसले त्यसको फाइदा उठाउँदै शानदार गोल गरेका थिए।
दोस्रो हाफको सुरुआतमै सिथोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भयो। त्यसपछि संख्यात्मक रूपमा बलियो बनेको मेक्सिकोले खेलमाथि आफ्नो नियन्त्रण कायम राख्दै दोस्रो गोल थप्यो।
राउल हिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाएपछि दक्षिण अफ्रिकाको पुनरागमनको सम्भावना समाप्त भएको थियो। खेलको अन्त्यसम्म मेक्सिकोले आफ्नो अग्रता जोगाउँदै २–० को जित दर्ता ग¥यो र विश्वकपमा सुखद सुरुआत ग¥यो।


