शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दक्षिण कोरियाको शानदार पुनरागमन, चेक गणतन्त्रलाई २–१ ले हराउँदै विश्वकपमा विजयी सुरुआत

एक्सप्रेस पाना
जेठ २९, २०८३ शुक्रबार
  • 122
    SHARES
  • दक्षिण कोरियाको शानदार पुनरागमन, चेक गणतन्त्रलाई २–१ ले हराउँदै विश्वकपमा विजयी सुरुआत

    काठमाडौँ । फिफा विश्वकप फुलटब २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ ।

    images

    शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।

    स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए । 

    images

    त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २–१ ले जिताएका हुन् । उनले बेओमको पासमा गोल गरेका हुन् ।

    जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ ।

    यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् शुरूवात गर्दै तीन अंक लिएको छ । यि नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।

    मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो । 

     

  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • # फिफा विश्वकप फुलटब २०२६