काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



