आइतबार, भाद्र २८ गते २०८३
images

फिफा विश्वकप:ब्राजिल र मोरक्कोको खेल बराबरीमा टुंगियो

एक्सप्रेस पाना
जेठ ३१, २०८३ आइतबार
  • 332
    SHARES
  • फिफा विश्वकप:ब्राजिल र मोरक्कोको खेल बराबरीमा टुंगियो

    काठमाडौं । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन् ।

    images

    आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मोरक्कोका इस्माइल सैबारी र ब्राजिलका भिनिसियस जुनियरले एक–एक गोल गरेका हुन् ।

    खेलको २१औँ मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर ब्राजिलले ३२औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत खेलमा फर्कँदै बराबरी कायम गर्‍यो।

    images

    बाँकी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।

    यस नतिजासँगै ब्राजिल र मोरक्कोले एक–एक अंक बाँडेका छन्।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६