आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकपमा अस्ट्रेलियाको सुखद सुरुआत, टर्कीमाथि २–० को जित

एक्सप्रेस पाना
जेठ ३१, २०८३ आइतबार
  • 140
    SHARES
  • विश्वकपमा अस्ट्रेलियाको सुखद सुरुआत, टर्कीमाथि २–० को जित

    काठमाडौं । जारी फिफा विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।

    images

    आइतबार बिहान समूह डी अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

    अस्ट्रेलियाका लागि नेस्टोरी इराङ्कुन्डा र कोनर मेटकाफले एक–एक गोल गरे। खेलको २७औँ मिनेटमा इराङ्कुन्डाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ७५औँ मिनेटमा मेटकाफले अर्को गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरेका हुन्।

    images

    यो सँगै अस्ट्रेलियाले समूह डी मा महत्वपूर्ण तीन अंक जोड्दै विश्वकप यात्राको सकारात्मक सुरुआत गरेको छ।

    पाराग्वेमाथि शानदार जित हासिल गरेको आयोजक अमेरिका शीर्ष स्थानमा छ । यसअघिको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका छन् । 

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६