काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।



