काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



