काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राहदानी छपाइसम्बन्धी प्रकरणमा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा लाई उपस्थित हुन सूचना जारी गरेको छ।
आयोगका अनुसार अनुसन्धानका क्रममा आवश्यक बयान लिनुपर्ने भएकाले देउवालाई टंगालस्थित आयोगको कार्यालयमा उपस्थित हुन भनिएको हो। सार्वजनिक सूचनामार्फत आयोगले सूचना प्राप्त भएको मितिले तीन दिनभित्र कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
आयोगले तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनी व्यवस्था अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ। यस विषयमा अनुसन्धान जारी रहेकाले आयोगले थप विवरण भने सार्वजनिक गरेको छैन।




