आइतबार, भाद्र २८ गते २०८३
images

फिफा विश्वकप:स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४–१ ले पराजित

एक्सप्रेस पाना
आषाढ ५, २०८३ शुक्रबार
  • 337
    SHARES
  • फिफा विश्वकप:स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४–१ ले पराजित

    काठमाडौँ । स्विट्जरल्यान्डले बोस्निया–हर्जेगोभिनामाथि ४–१ को शानदार जित निकाल्दै विश्वकपको नकआउट चरण पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ।

    images

    खेलको अधिकांश समय प्रतिस्पर्धात्मक बने पनि अन्तिम २० मिनेटमा स्विट्जरल्यान्डले आक्रामक खेल प्रस्तुत गर्दै चार गोल गर्‍यो। टोलीको जितमा वैकल्पिक खेलाडी योहान मान्जाम्बी चम्किए। उनले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट झाकाले एक–एक गोल थपे।

    ७४औँ मिनेटमा मैदान छिरेका मान्जाम्बीले तीन मिनेटपछि नै गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि बोस्नियाका तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्डले खेलमाथि पूर्ण नियन्त्रण स्थापित गर्‍यो।

    images

    घाइते समयको पेनाल्टीमार्फत झाकाले गोल गर्दै टोलीको जितलाई थप फराकिलो बनाए। बोस्नियाका एर्मिन माह्मिकले अन्तिम समयमा एक सान्त्वना गोल फर्काए पनि हार टार्न भने सकेनन्।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६