काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य भारी गिरावट आएको छ ।
आज सुन तोलामा १० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ ।



