काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।



