काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।



