काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ३६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



