काठमाडौं । नेदरल्यान्ड्समा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।
टोलीमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान),सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र बिनोद भण्डारी रहेका छन्।
यस्तै, सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ।
जुलाई २१ देखि ३१ सम्म नेदरल्यान्ड्समा हुने लिग–२ अन्तर्गतको सिरिजमा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
हाल लिग–२ को अंकतालिकामा नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ।


