काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।



