काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



