काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।



