काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



