आइतबार, भाद्र २८ गते २०८३
images

अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

एक्सप्रेस पाना
आषाढ २३, २०८३ मंगलबार
  • 86
    SHARES
  • अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गरेको छ ।

    images

    मंगलबार सिएटल रंगशालामा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    बेल्जियका लागि चाल्र्स डे केटेलारेले खेलको ९औं र ३३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । 

    images

    अमेरिकाले ३१औं मिनेटमा मालिक टिलम्यानमार्फत एक गोल फर्काएर खेल बराबरीमा ल्याए । 

    ५७औं मिनेटमा हान्स भानाकेनले तेस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै ४–१ को शानदार जित दिलाए । 

    यस जितसँगै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हारसँगै अमेरिका अन्तिम १६ बाट बाहिरिएको छ ।