काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



