काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



