सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 365
    SHARES
  • नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

    काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापा र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। नेकपा महासचिव नेतविक्रम चन्द विप्लव नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापालाई बुढानीलकण्ठस्थित उनकै निवासमा भेटवार्ता गरेका छन् ।

    images

    गत फागुन २० गते भएको सहमति कार्यान्वयनका लागि सरकार समर्थित दलहरुसँगको छलफल बाक्लो बनाएको नेकपाले फरक एजेण्डा बोकेको राप्रपासँग पनि राजनीतिक विषयमा छलफल गरेको हो। राप्रपा अध्यक्ष थापाले पूर्व सरकारले गरेका तीन बुँदे सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले समेत अग्रसरता लिनुपर्ने बताए ।

    भेटमा राप्रपाबाट अध्यक्ष थापासहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामाङ तथा नेकपाका महासचिव चन्दसहित नेताहरु धमेन्द्र बाँस्तोला, खड्गबहादुर विश्वकर्मासहितको टोली सहभागी थियो। तत्कालीन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सरकार परिवर्तनसँगै राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। पछिल्लो १० दिन भित्र नेकपाको प्रतिनिधिमण्डलले प्रमुख दलका मूख्य नेतासँग भेटघाट गरेका छन्।

    images

    भेटघाट तत्कालीन ओली सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनका लागि वातावरण निर्माणमा केन्द्रित भएपनि राजनीतिक समदूरी कायम गर्ने विषयमा पनि महत्वपूर्ण मानिएको छ।