शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनसुनजन्य विपद्का लागि प्रभावकारी तयारी गर्न सभामुखको सरकारलाई आग्रह

एक्सप्रेस पाना
आषाढ ३०, २०८३ मंगलबार
  • 92
    SHARES
  • मनसुनजन्य विपद्का लागि प्रभावकारी तयारी गर्न सभामुखको सरकारलाई आग्रह

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।

    ‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन्,’ उनले भने, ‘यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवम् सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

    images

  • सम्बन्धित विषय:

  • # सभामुख