मंगलबार, श्रावण १२ गते २०८३
images
images

देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि

एक्सप्रेस पाना
आषाढ ३२, २०८३ बिहीबार
  • 79
    SHARES
  • देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१।६२ प्रतिशत सम्पन्न भएको छ ।

    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो ।

    प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७.८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

    images

    त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६०.२ प्रतिशत, लुम्बिनीमा ५९.६ प्रतिशत, मधेशमा ५७.९ प्रतिशत, बाग्मतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

    गत वर्षको सोही अवधिमा देशभर ७२.१४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष भने राष्ट्रिय रूपमा रोपाइँको प्रगति गत वर्षको तुलनामा कम देखिएको छ । यद्यपि, मधेश प्रदेशमा भने गत वर्षको ४६.८३ प्रतिशतको तुलनामा यस वर्ष ५७.९ प्रतिशत रोपाइँ सम्पन्न भई सुधार देखिएको छ ।

    मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका आधारमा विभिन्न प्रदेशमा रोपाइँको प्रगति फरक–फरक रहेको छ । 

  • सम्बन्धित विषय:

  • # धान रोपाइँ