काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।
सिरिजको उद्घाटन खेलमा नेपालले आज नामिबियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।
नेपाल र नामिबियाबीच हालसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० खेल भएका छन्। तीमध्ये नामिबियाले पाँच खेलमा जित हात पारेको छ भने नेपाल दुई खेलमा विजयी भएको छ। एक खेल भने नतिजाविहीन बनेको थियो।
यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली नेदरल्यान्ड्स पठाएको छ। टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।



