मंगलबार, श्रावण १२ गते २०८३
images
images

हर्क साम्पाङविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

एक्सप्रेस पाना
श्रावण ५, २०८३ मंगलबार
  • 51
    SHARES
  • हर्क साम्पाङविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।

    images

    उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

    क्रिश्चियन धर्म मान्ने साम्पाङ्गलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।

    images

    केहीबेर अघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिएका छन् ।

    साम्पाङ आज विभिन्न कार्यक्रमहरूमा समावेश हुन जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ