शनिबार, भाद्र २७ गते २०८३
images

प्रथम म्हे-म्हे स्मृति फुटबल प्रतियोगितामा आयोजक मिलनचोक बी को विजयी सुरुवात

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 309
    SHARES
  • प्रथम म्हे-म्हे स्मृति फुटबल प्रतियोगितामा आयोजक मिलनचोक बी को विजयी सुरुवात

    कात्तिक १४ सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–८ मा रहेको मिलनचोक म्हे–म्हे खेल मैदानमा आजबाट सुरु भएको प्रमथ म्हे म्हे स्मृति खुल्ला फुटबल प्रतियोगिता आयोजक बी ले विजयी सुरु गरेको छ ।

    images

    आज भएको उद्घाटन खेलमा आयोजक मिलोनचोक युवा समाज बी ले बि.पी मेमोरियल युवा क्लबलाई ४-० गोलले पराजित गर्दै सानदार सुरुवात गरेको हो । मिलनचोक युवा समाजको आयोजनामा सुरु भएको यस प्रतियोगितामा आयोजक २ टोलीसहित कुल १८ टोलीको सहभागिता रहेको छ ।

    खेल नकआउटका चरमा खेलाइने छ । भने खेल ७० मिनेटको हुनेछ । जसमा पहिलो हाफ ३५ मिनेट र दोस्रो हाफ ३५ मिनेटको हुने आयोजकले जनाएको छ । साथै यस प्रतियोगिताको विजेताले नगद १ लाख र दोस्रो हुने टोलीले नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।

    images

    त्यस्तै खेलको उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले प्रमुख अतिथि रहनु भएको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दुलालले यसअघि आफू सामाजिक विकास मन्त्री हुँदा खेल मैदानका लागि बजेट विनियोजन गरेका थिए । प्रदेश सरकारबाट पूर्वमन्त्री दुलालको पहलमा ७० लाख बजेट विनियोजन भएको थियो ।

    आज (आइतबार) पूर्वमन्त्री दुलालले नै खेल मैदानको उद्घाटन गरेका हुन् । खेलकुद क्षेत्रको विकासका लागि भएको यो प्रयास सबैका लागि हौसलाको विषय भएको दुलालले बताए । उद्घाटन समारोहको प्रमुख आतिथ्यता गरेका दुलालले व्यवसायिक क्षेत्रमा खेल क्षेत्रमा लागेका युवाहरुको स्कोप बढ्दै गएको उल्लेख गरे । नेपालको राजनीतिमा आफ्नो ठाउँबाट एउटा एउटा इँटा थप्ने प्रतिबद्धता कार्यक्रममा दुलालले राखे ।

    त्यस्तै कार्यक्रममा प्रमुख अतिथि युवराज दुलाल , विशेष अतिथि गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, ठूलो बाबु श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ लगायतका थिए । त्यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल, कांग्रेस जिल्ला सभापति विकास लामा, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरी अधिकारी, नेकपा माओवादी केन्द्रका नेता बीरबहादुर तामाङ लगायतको विशेष आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।