शनिबार, भाद्र २७ गते २०८३
images

एथ्लेटिको मड्रिडको सानदार जित

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 245
    SHARES
  • एथ्लेटिको मड्रिडको सानदार जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबमा साविक विजेता एथ्लेटिको मड्रिडले सानदार जित निकालेको छ  । एथ्लेटिकोले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-० गोलले हराएको हो । 

    images

    घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन यानिक करास्को र जाओ फेलिक्सले एक–एक गोल गरे । एथ्लेटिकोले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बेटिसका जर्मन पेजेलाले आफ्नै पोस्टमा गोल गरेका थिए । 

    उक्त जितसँगै एथ्लेटिको ११ खेलमा २२ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । बेटिस भने २१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

    images