शनिबार, आश्विन २४ गते २०८३
images

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा बजार बन्द

एक्सप्रेस पाना
श्रावण १४, २०८३ बिहीबार
  • 130
    SHARES
  • गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा बजार बन्द

    काठमाडौं । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ ।

    images

    जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका हुन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन्।  

    उनीहरुले हिन्दु राष्ट्र कायम गर हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन्। 

    images

    जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ । बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री