काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयामा कारोबार भइरहेको छ ।



