काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।



