काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ८ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।



