शनिबार, भाद्र २७ गते २०८३
images

टि-२० विश्वकप : इंग्ल्यान्डलाई श्रीलंकाको चुनौती 

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 254
    SHARES
  • टि-२० विश्वकप : इंग्ल्यान्डलाई श्रीलंकाको चुनौती 

    कात्तिक १५ काठमाडौं । आईसिसी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । 

    images

    शारजाहमा हुने खेलमा अपराजित इंग्ल्यान्डलाई श्रीलंकाले चुनौती पेस गर्दैछ । खेल नेपाल समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । 

    जारी विश्वकपको सुपर-१२ को समूह-१ को खेलमा इंग्ल्यान्ड लगातार चौथो जितको खोजीमा हुनेछ । अपराजित रहेको इंग्ल्यान्ड ६ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड पछिल्ला पाँच खेलमा अपराजित छ । 

    images

    यता, श्रीलंका भने इंग्ल्यान्डलाई पराजित गर्दै दोस्रो जित निकाल्ने दाउमा हुनेछ । जारी सुपर-१२ को खेलमा श्रीलंकाले तीन खेलमा एक जित पाउँदा दुई खेलमा हार ब्यहोरेको छ । चौथो स्थानमा रहेको श्रीलंकासँग दुई अंक छ । 

    जारी विश्वकपमा श्रीलंकालाई सेमिफाइनल यात्रा सहज बनाउन जित्नैपर्ने दबाब छ । यता, इंग्ल्यान्ड भने कमजोर देखिएको श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल यात्रा झनै सहज बनाउने योजनामा छ । 

    श्रीलंकाविरुद्ध इंग्ल्यान्डका जासन रोय, जस बट्लर, मोइन अलि, क्रिस जोर्डन, आदिल रशिद जस्ता खेलाडीले आफ्नो प्रभाव जमाउन सक्छन् । 

    यता, इंग्ल्यान्डविरुद्ध श्रीलंकाका पाथुम निशांका, कुशल परेरा, दासुन शनका जस्ता खेलाडीले आफूलाई सिद्ध गर्न सक्छन् । 

    जारी सुपर-१२ मा इंग्ल्यान्ड पहिलो स्थानमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा अष्टेलिया रहँदा चौथो स्थानमा श्रीलंका छ । यस्तै पाचौं स्थानमा वेस्ट इन्डिज रहँदा अन्तिम तथा छैटौं स्थानमा बंगलादेश छ । 

    यता, समूह-२ मा तीन खेलमा शतप्रतिशत जितसहित ६ अंक बनाएका पाकिस्तान शीर्षस्थानमा छ ।