काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



