शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साढे ५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

एक्सप्रेस पाना
श्रावण २८, २०८३ बिहीबार
  • 101
    SHARES
  • साढे ५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

    images

    गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

    उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

    images

    देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा