शनिबार, भाद्र २७ गते २०८३
images

चार महिनामै बर्खास्त भए टोटेनहमा प्रशिक्षक नुनो

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 248
    SHARES
  • चार महिनामै बर्खास्त भए टोटेनहमा प्रशिक्षक नुनो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनहमले नुनो इस्पिर्टो सान्टोलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ । केहि दिन अघि सम्पन्र खेलमा म्यानचेस्टर युनाइटेडसँग ३-० गोलले गुमाएपछि क्लबले सान्टोलाई बर्खास्त गरेको हो । उनले चार महिना अघि मात्रै टोटेनहमको नेतृत्व सम्हालेका थिए ।

    images

    जारी सिजन प्रिमियर लिगमा १० खेलमा टोटेनहमले ५ खेल गुमाएको थियो । अंक तालिकाको आठौं स्थानमा रहेको टोटेनहमको शीर्षस्थानको चेल्सीको भन्दा १० अंक कम छ ।‘मलाई थाहा छ नुनो र उनको प्रशिक्षण टोली सफलता दिलाउन चाहन्थ्यो । हामीले लिनु परेको निर्णयका लागि मलाई दुःख छ,’ टोटेनहमका फुटबल निर्देशक फाबियो पाराटिकीे भनेका छन् ।

    ४ वर्ष उल्भ्समा बिताएका ४७ वर्षे सान्टोले जुनमा टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका थिए ।

    images