शुक्रबार, भाद्र २६ गते २०८३
images

एमाले सांसदको अभिव्यक्तिप्रति आशिका तामाङको नियमापत्ति

एक्सप्रेस पाना
भाद्र ३, २०८३ बुधबार
  • 135
    SHARES
  • एमाले सांसदको अभिव्यक्तिप्रति आशिका तामाङको नियमापत्ति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्।

    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।

    सांसद तामाङले आफूहरू कुनै चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद्मा आएको स्पष्ट पारिन्।

    images

    उनले भनिन्, ‘माननीयज्यूले हामी चिठ्ठामा परेर आएको भन्नुभयो। उहाँले प्रमाण दिनुपर्‍यो । जनताले जिताएर आएको हौँ कि चिठ्ठामा परेर आएको हो, प्रमाणसहित भन्नुप¥यो।’

    उनले आफूहरूलाई जनताले निर्वाचित गरेर संसद्मा पठाएको भन्दै सांसद सिद्धिकीको अभिव्यक्तिको शैलीप्रति समेत प्रश्न उठाइन्।

    ‘यो शैली हो तपाईंहरूको ? तपाईंहरू जसरी आउनुभएको हो, त्यसरी नै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ उनले भनिन्।

    सांसद तामाङले सांसद सिद्धिकीले दिएको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत माग गरिन् । 

  • सम्बन्धित विषय:

  • # आशिका तामाङ