शनिबार, भाद्र २७ गते २०८३
images

लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 211
    SHARES
  • लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

    कात्तिक १६ काठमाडौं । टि-२० विश्वकपमा लगातार चौथो जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो ।

    images

    जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए । इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र  मोईन अलीले २/२ विकेट लिए ।

    यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले  १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले  ४० रनको योगदान दिए  । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ विकेट लिए ।

    images

    यसअघि  इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो ।