सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता 

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 584
    SHARES
  • राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता 

    काठमाडौँ ।  एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ। अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन।

    images

    यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।

    ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन्। प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    images