एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल हुँदै छन् । चौथो चरणका खेलअन्तर्गत आज हुने आठमध्ये दुई खेल नेपाली समयानुसार राति ११:३० बजे हुने छन् भने बाँकी खेल राति १:४५ बजे सुरु हुनेछन् । जसमा कुल १६ टोली प्रतिस्प्रर्धामा रहेका छन् ।
आज साविक विजेता चेल्सीका साथै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब युभेन्टस जस्ता ठूला क्लबको रोमाञ्चक भिडन्त हुनेछ ।

चेल्सीले माल्मोसँग उसैको घरमा राति ११:३० बजे प्रतिस्पर्धा गर्नेछ । चेल्सी ६ अङ्कसहित समूह ‘एच’ को दोस्रो स्थानमा छ । अङ्कविहीन माल्मो चौथो स्थानमा छ । यसै समूहका युभेन्टसले घरेलु मैदानमा जेनिथसँग राति १:४५ बजे हुने खेल खेल्नेछ । तीन खेलमा अपराजित रहेको युभेन्टस नौ अङ्कसहित शीर्ष स्थानमा छ ।
यसैगरी, समूह ‘एफ’का भिल्लारियल र योङ्ग ब्वाइज पनि प्रतिस्पर्धामा छन् । सोही समूहका युनाइटेड र एटलान्टाको भिडन्त पनि हुनेछ । युनाइटेड ६ अङ्कसहित शीर्ष स्थानमा छ भने चार अङ्क भएको एटलान्टा तेस्रो स्थानमा छ ।

आज हुने खेलहरु नेपाली समय अनुसार
१. माल्मो भर्सेस चेल्सी राति ११:३० बजे
२. वुल्फसबर्ग भर्सेस आरबी साल्ज्बर्ग राति ११:३० बजे
३. भिल्लारियल भर्सेस योङ्ग ब्वाइज राति १:४५ बजे
४. युभेन्टस भर्सेस जेनिथ राति १:४५ बजे
५. बायर्न भर्सेस बेन्फिका राति १:४५ बजे
६. सेभिल्ला भर्सेस लिले राति १:४५ बजे
७. बार्सिलोना भर्सेस डायनामो किभ राति १:४५ बजे
८. एटलान्टा भर्सेस म्यान्चेस्टर युनाइटेड राति १:४५ बजे



