काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


