काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


