काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ३६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चादीँ आज चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


