काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी चाँदी प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


