काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


