शुक्रबार, आश्विन २३ गते २०८३
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

एक्सप्रेस पाना
आश्विन १२, २०८३ सोमबार
  • 87
    SHARES
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    प्रहरी केन्द्रीय साइबर ब्युरोको टोलीले सोमबार भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images

    प्रसाईंले सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको लाससँग पद साटेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर सांसद खतिवडाले संसद्मा समेत ध्यानाकर्षण गराएकी थिइन्।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं