शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेस महाधिवेशन दुई दिनपछि सर्‍यो, उद्घाटन असोज १८ मा हुने

एक्सप्रेस पाना
आश्विन १३, २०८३ मंगलबार
  • 177
    SHARES
  • कांग्रेस महाधिवेशन दुई दिनपछि सर्‍यो, उद्घाटन असोज १८ मा हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । 

    images

    महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । 

    कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए ।

    images

    "नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्," दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको पनि उनले बताएका छन् । 

    १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । महाधिवेशन अन्तर्गत अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन