शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेस १५औँ महाधिवेशन : काठमाडौं–१० बाट २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

एक्सप्रेस पाना
आश्विन १४, २०८३ बुधबार
  • 213
    SHARES
  • कांग्रेस १५औँ महाधिवेशन : काठमाडौं–१० बाट २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. १० (क) मा भएको प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनको मतगणना सम्पन्न भएको छ। मतगणनाबाट विभिन्न पदमा उम्मेदवारहरू निर्वाचित भएका छन्।

    images

    मतगणनाअनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिमा सिद्धिमान श्रेष्ठ २३७ मतसहित निर्वाचित भएका छन्। उपसभापतिमा खीरमान सिंह बस्नेत ३७२ मत प्राप्त गर्दै विजयी भएका छन् भने सचिवमा नेत्रबहादुर भट्टराई २३८ मतसहित निर्वाचित भएका छन्।

    त्यस्तै, सहसचिव खुलातर्फ रुपक लुइटेल १९९ मतसहित विजयी भएका छन् भने महिला सहसचिवतर्फ उमा महर्जन २८६ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

    images

    काठमाडौं १० बाट २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

    महाधिवेशन प्रतिनिधितर्फ पनि विभिन्न समूहमा निर्वाचन भएको थियो।  काठमाडौं १० बाट २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । महाधिवेशन प्रतिनिधितर्फ महिला खुलामा जमुना नकर्मीले ३२८, रजिता गौतम महर्जनले ३०७, सीता केसीले २९३ र सुजना श्रेष्ठले ३६५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

    त्यसैगरी खुलातर्फ १० जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा अच्युत अधिकारी ३०९, ईश्वर लामा ४९२, घनश्याम गिरी ३४९, दीपेन्द्र आचार्य २५२, विकास बस्नेत ३९७, मोहन बस्नेत ३६०, मिलन विष्ट ३४२, राजेन्द्र खत्री केसी २७९, राजेन्द्र कुमार केसी ‘राजन’ ४२२ र श्याम व. खत्री २४४ मतसहित निर्वाचित भएका छन्।

    श्रमिकतर्फ योगेन्द्र कुमार कुँवर २८७ मतसहित निर्वाचित भएका छन्। समानुपातिक आदिवासी जनजाति महिलातर्फ बसन्ती तामाङले ३८७ र सारदा महर्जनले ३१२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

    पेशागत विषयविज्ञतर्फ कृष्ण कुमार बस्नेत (अधिवक्ता) ४४७ मतसहित निर्वाचित भएका छन्। युवा महिलातर्फ एलिना महर्जनले ५०० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

    युवा खुलातर्फ अमन महर्जन ३६२ र राजेश बलामी २८७ मतसहित निर्वाचित भएका छन्। अपांगतातर्फ सुदन महर्जन ३४२ र दलिततर्फ सुरेश बस्याल २२५ मतसहित निर्वाचित भएका छन्।

    समानुपातिक आदिवासी जनजाति खुलातर्फ अरष्टबहादुर महर्जनले २५९, कृष्णमान डंगोलले २७७ र पुकार महर्जनले ३४७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

    त्यस्तै, समानुपातिक खस–आर्य खुलातर्फ दीपक खनाल २९४ र ध्रुव कटेल ३३९ मतसहित निर्वाचित भएका छन्। समानुपातिक मधेसी, मुस्लिम तथा थारु खुलातर्फ आदिवद हुसेन २७० मतसहित निर्वाचित भएका छन्।

    त्यसैगरी, प्रदेशसभा क्षेत्र नं. १० (ख) तर्फ सभापति पदमा राजेन्द्र विक्रम बानियाँले १०८ मत प्राप्त गरेका छन्। उपसभापति पदमा ललिता देवी चौधरी थारु ८४ मतसहित विजयी भएकी छन्।

    त्यस्तै, सहसचिव पदमा श्याम कृष्ण मानन्धर १४८ मतसहित विजयी भएका छन् भने सहसचिव (खुला) तर्फ सञ्जिव कुमार महर्जन १२८ मतसहित विजयी भएका छन्।

  • सम्बन्धित विषय:

  • # कांग्रेस १५औँ महाधिवेशन